सहरमा आज : मण्डलामा ‘दमिनी भीर’, हलमा ‘जवान’

सुस्मिता बजगाईं २३ भदौ २०८० ६:३५
160
SHARES
सहरमा आज : मण्डलामा ‘दमिनी भीर’, हलमा ‘जवान’

काठमाडौँ- यो साता उपत्यकामा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, पुस्तक विमोचन लगायतका थुप्रै मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन्। हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म त चलिरहने नै भए। त्यसबाहेक मदन पुरस्कार विजेता उपन्यास ‘दमिनी भीर’ नाटकका रूपमा मण्डला थिएटरमा मञ्चन भइरहेको छ। त्यस्तै मुक्तक पारखीहरुका लागि चर्चित मुक्तककारहरुको मुक्तकसङ्ग्रह ‘विजयोपहार’न लोकार्पण हुँदैछ। सिद्वार्थ आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी चलिरहेको छ।

विजयोपहार

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा संयुक्त मुक्तकसङ्ग्रह ‘विजयोपहार’ लोकार्पण हुँदैछ। २ सय ७० जना मुक्तककारको छ सय ५२ ओटा मुक्तक पुस्तकमा समावेश छ।

दमिनी भीर

थापागाउँस्थित मण्डला थिएटरमा ‘दमिनी भीर’ भदौ २२ गतेदेखि मञ्चन भइरहेको छ। नाटक आगामी असोज १० गतेसम्म चल्नेछ।  नाटक राजन मुकारुङद्वारा लिखित उपन्यास ‘दमिनी भीर’ मा आधारित छ। यो उपन्यासले २०६९ सालमा मदन पुरस्कार पाएको थियो। ‘दमिनी भीर’ मा संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, जातीय पहिचानको मुद्दा, राजनीतिक आरोह–अवरोह र आन्दोलनको शिथिलताका कारण उत्पन्न निराशावादी जीवनदृष्टि प्रस्तुत गरिएको छ। रंगकर्मी इगिँहोपो कोइँच सुनुवारले नाटकको परिकल्पना र निर्देशन गरेका छन्।

नाटक सोमबारबाहेक प्रत्येक दिन साँझ साढे पाँच बजे मञ्चन हुनेछ। शुक्रबार र शनिबार भने दिउँसो १ बजे अतिरिक्त सो पनि हुनेछ।  थैली इन्टरटेन्मेन्टको सहकार्य र ममा आटर््सको प्रस्तुतिमा नाटक मञ्चन गरिएको हो। नाटक समता फाउन्डेसन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले निर्माण गरेका हुन्।

‘मुन्डन फ्रिक्सन टु सेल्फ फ्लो’

बबरमहलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा ‘मुन्डन फ्रिक्सन टु सेल्फ फ्लो’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। भदौ २२ गतेदेखि सुरु भएको प्रदर्शनी असोज १२ गतेसम्म चल्नेछ।

प्रदर्शनीमा कलाकार उमेश श्रेष्ठको एकल प्रदर्शन छ। जसमा श्रेष्ठले सन् १९१४ देखि २०२३ सम्म कोरेका तस्बिर छन्। श्रेष्ठका यो पहिलो एकल प्रदर्शनी हो। तस्बिरमा युवा कलाकारदेखि स्थापित चित्रकारसम्मको यात्राको विवरण छ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपालीमा ‘ऐंचो पैंचो’, बलिउडमा ‘जवान’ र ‘ड्रिम गर्ल २’ र हलिउड फिल्म ‘द नन २’ प्रदर्शन भइरहेको छ।

ऐंचो पैंचो

फिल्म ‘ऐंचो पैंचो’ भदौ १४ देखि हलमा प्रदर्शन भइरहेको छ। सामाजिक र राजनीति विषयवस्तुमा आधारित फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, विशाल पहारी, कोशिस क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ, रमेश बुढाथोकी, रविन्द्र झा, शारदा गिरीलगायत कलाकारको अभिनय छ।

कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर र रञ्जना सिनेप्लेक्स, सीके सिनेमाज र अष्टनारायण हलमा फिल्मको सो छ।

जवान

बलिउड फिल्म ‘जवान’ भदौ २२ गतेदेखि नेपाली हरुहरुमा प्रदर्शन भइरहेको छ। एट्लीको निर्देशनमा बनेको फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान, नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्म जिके विष्णुको छायांकन, रूबेनको सम्पादनमा बनेको छ। फिल्ममा गौरी खानले लगानी गरेका छन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, बिग मुभिज, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिके सिनेमाज, क्यूज सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स र अष्टनारायण हलमा बलिउड फिल्म ‘जवान’ चलिरहेका हल हुन्।

ड्रिम गर्ल २

बलिउड फिल्म ‘ड्रिम गर्ल २’ नेपालमा प्रदर्शन भइरहेको छ। भदौ ८ गतेदेखि प्रदर्शन भएको फिल्म कमेडी ड्रामा र रोमान्स जनरामा बनेको छ। राज शान्डिल्य निर्देशित फिल्म परेश रावल, आयुष्मान खुराना, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मलमा फिल्मको सो छ।

द नन २

भदौ २२ गतेदेखि नेपाली हलहरुमा हलिउड फिल्म ‘द नन २’ प्रदर्शन भइरहेको छ। हरर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक माइकल चेभ्स हुन्। फिल्ममा टाइसा फार्मिगा, अन्ना पोपलवेल, बोनी आरोन्स, स्ट्रोम रीड, कटलिन रोड राउनीलगायत कलाकारको अभिनय छ।  शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, क्यूज सिनेमाज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स हलिउड फिल्म ‘द नन २’ चलिरहेको अन्य हल हुन्।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, सिके सिनेमाज, सीडीसी सिनेमाज र अष्टनारायण हलमा हलिउड फिल्म ‘द नन २’ प्रदर्शनरत छ।

प्रकाशित: २३ भदौ २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =