राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट निःशुल्क कल गर्न सकिने

हिमाल प्रेस २१ भदौ २०८० २०:४९
94
SHARES
राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट निःशुल्क कल गर्न सकिने

काठमाडौँ- आत्महत्या रोकथामका लागि सरकारले सञ्चालनमा ल्याएको राष्ट्रिय हेल्पलाइन नम्बर ११६६ मा एनसेलका ग्राहकले निःशुल्क कल गर्न सक्ने भएका छन्। उक्त नम्बरमा निःशुल्क कल गरी मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सकिनेछ।

त्यसका लागि एनसेल आजियाटा कम्पनी र लगनखेलस्थित मानसिक अस्पतालबीच सम्झौता गरिएको एनसेलले जानकारी दिएको छ। यसअघि एनसेलले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अस्पताललाई हेल्पलाइनका लागि सिम सहितको ह्याण्डसेट सोलुसन्स हस्तान्तरण गरेको थियो। सोसँगै अब उक्त हटलाइनमा एनसेल नेटवर्कबाट पनि फोन लाग्ने भएको हो।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो भूमिका राख्ने भएकाले राष्ट्रिय हेल्पलाइनमा आबद्ध उक्त सेवालाई थप प्रभावकारी बनाउन मद्दत पु¥याउने बताए।

कुनै पनि व्यक्तिमा आत्महत्याको सोच आए वा कसैले त्यस्तो व्यवहार देखाएमा त्यसबाट बचाउने उद्देश्यले सरकारले राष्ट्रिय हेल्पलाइन सुरु गरेको हो। आत्महत्याको सोच र अन्य मानसिक स्वास्थ्य समस्याबारे बुझ्न फोन आउने क्रम बढिरहेको मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले बताए।

प्रकाशित: २१ भदौ २०८० २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =