पोस्टरमा ‘दिमाग खराब’

हिमाल प्रेस २१ भदौ २०८० ११:४८
14
SHARES
पोस्टरमा ‘दिमाग खराब’

काठमाडौँ- निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका कलाकार खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलाई देखाइएको छ।

जनता र शक्तिको कथामा बनेको फिल्मको पटकथा लेखन आकाश बरालले गरेका छन्। फिल्ममा निर्देशक निश्चलले पनि अभिनय गरेका छन्। फिल्म निमेष श्रेष्ठको सम्पादन, सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र बाबुल गिरीको संगीतमा बनेको छ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा बनेको फिल्म आगामी कात्तिक २४ गतेदेखि प्रदर्शन हुनेछ। रौनक विक्रम कँडेलले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन्।

प्रकाशित: २१ भदौ २०८० ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =