‘क्याप्टेन’ निर्देशक भट्टराईले नयाँ फिल्म बनाउने

हिमाल प्रेस २० भदौ २०८० १२:३२
4
SHARES
‘क्याप्टेन’ निर्देशक भट्टराईले नयाँ फिल्म बनाउने

काठमाडौँ- दिवाकर भट्टराईको निर्देशनमा फिल्म ‘मायावी’ बन्ने भएको छ।

कृष्ण जन्माष्टमीको अवसरमा निर्देशक भट्टराईले फेसबुकमार्फत ‘मायावी’को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेका हुन्।

फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ। फिल्म क्रियटिभ सिने आर्टस्को प्रस्तुित रहनेछ। फिल्ममा कलाकार छनोटको कार्य भइरहेको निर्देशक भट्टराईले बताएका छन्। उनका अनुसार फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेम कथामा आधारित हुनेछ।

निर्देशक भट्टराईले यसअघि ‘क्याप्टेन’, ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’ र ‘ऐश्वर्यलगायत फिल्म निर्देशन गरिसकेका छन्।

 

प्रकाशित: २० भदौ २०८० १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =