खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ

हिमाल प्रेस २० भदौ २०८० ११:३१
2
SHARE
खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ प्रतीकात्मक तस्बिर।

गोरखा- गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुंग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए। जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो।

प्रकाशित: २० भदौ २०८० ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =