नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

हिमाल प्रेस १९ भदौ २०८० १५:१८
10
SHARES
नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा समकक्षी मोदीसँग। फाइल तस्बिर

काठमाडौँ– भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ। नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले जानकारी दिएका छन्।

भारतको निर्णयले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने शर्माले ट्वीट गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा दुई देशबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। गत जेठमा नेपाल र भारतका ऊर्जा सचिवले सो समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

अब दुई देशबीच ऊर्जा खरिदबिक्रीका लागि सम्झौता हुनेछ। त्यसपछि नेपालको बिजुली भारतीय बजारमा लैजाने बाटो खुल्नेछ। हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक रुपमा भारतीय इनर्जी एक्सचेञ्ज मार्केटमा ४५२ मेगावाट बिजुली निर्यात गर्दै आएको छ। सन् २०१४ मा नै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको थियो।

प्रकाशित: १९ भदौ २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =