हेलो सरकारको ११११ मा एनसेलबाट फाेन गर्न सकिने

हिमाल प्रेस १९ भदौ २०८० ११:३६
हेलो सरकारको ११११ मा एनसेलबाट फाेन गर्न सकिने

काठमाडौँ- सरकारले जनताको गुनासो सुन्न प्रयोगमा ल्याएको ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ मा एनसेलबाट कल गर्न सकिने भएको छ।

‘हेलो सरकार’को सेवालाई अझ प्रभावकारी बनाउन सरकारले एनसेल पनि सहकार्य गरेको हो। ‘गुनासा सुन्नका लागि ‘हेलो सरकार’ उदाहरणीय संयन्त्र बनेको छ। सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउनका सरकारसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौँ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

प्रधानमन्त्री कार्यालयका अनुसार नागरिकले फोनबाहेक इमेल, फेसबुक, ट्विटर, हेलो सरकार पोर्टल, भाइबर, ह्वाट्सएपलगायत डिजिटल माध्यमबाट पनि आफ्ना गुनासा र सुझाव टिपाउन सक्छन्।

प्रकाशित: १९ भदौ २०८० ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =