काठमाडौँ- नेकपा एमालेको मधेश प्रदेशको अधिवेशन सरेको छ। आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो।
नेकपा एमाले सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो।
मधेश प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज सचिव योगेश भट्टराईले जानकारी दिए।
प्रकाशित: १९ भदौ २०८० ११:३५
प्रतिक्रिया