बागमती प्रदेशका तीन जिल्लामा भदौ २२ मा बिदा

हिमाल प्रेस १९ भदौ २०८० ७:३५
6
SHARES
बागमती प्रदेशका तीन जिल्लामा भदौ २२ मा बिदा

काठमाडौँ- बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यससँगै प्रदेश सरकारले पाँचवटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ ५ काठमाण्डौकी कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरको छ ।

त्यसैगरी, प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्विकृत गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित: १९ भदौ २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =