‘निजामती सेवा विधेयक भोलि नै मन्त्रिपरिषद्‍बाट पारित गरेर संसद् पठाउँछौँ’

हिमाल प्रेस १८ भदौ २०८० १५:३३
14
SHARES
‘निजामती सेवा विधेयक भोलि नै मन्त्रिपरिषद्‍बाट पारित गरेर संसद् पठाउँछौँ’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसद्‍मा पेस गर्ने बताएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यसबारेको जानकारी दिएका हुन्।

‘पहिला आवश्यक परिमार्जन गरेर अघि बढाउन ढिला भएको हो’, उनले भने, ‘सम्भवतः भोलिको मन्त्रिपरिषद् बैठकबाट पारित गरेर सदनमा पठाउँछौँ।’ प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा ऐनमा बाहिरी चलखेल भएको आरोपमा कुनै सत्यता नभएको पनि दाबी गरे।

‘बाहिरबाट दबाब आएर फेरेको कुरामा सत्यता छैन,’ उनले भने, ‘मन्त्रिपरिषद्‌मा विधेयक प्रस्तुत हुँदा म आफैंले हेरेर यो ओरिजिनल भन्दा केही फरक ढंगले आयो, परिमार्जन गर्नुपर्छ भनेको दुईतीन दिनपछि आन्दोलनको रूप देखिएको हो।’

प्रकाशित: १८ भदौ २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =