भदौ २७ मा राप्रपाले किन गर्दैछ काठमाडौँमा प्रदर्शन?

हिमाल प्रेस १७ भदौ २०८० १८:५९
108
SHARES
भदौ २७ मा राप्रपाले किन गर्दैछ काठमाडौँमा प्रदर्शन? राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौ २७ गते काठमाडौंमा वृहत् प्रदर्शन गर्ने भएको छ। राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले आगामी भदौ २७ गते बुधबार काठमाडौंमा वृहत् विरोध सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपाले गौवंश हत्याको विरोध, हिन्दुत्वको रक्षा एवम् हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिन, सुन तस्करी लगायत काण्डमा संलग्नको पूर्ण छानबिनसहितका मागसहित प्रदर्शन गर्ने लागेको हो।

श्रेष्ठका अनुसार शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदाशीनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयसहित प्रदर्शन गर्न लागिएको हो। यी विषयमा सरकारलाई दबाब सिर्जना गर्न राप्रपाले र्‍यालीसहित सभा गर्ने निर्णय गरेको श्रेष्ठले बताए।

प्रकाशित: १७ भदौ २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =