नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालन हुने

हिमाल प्रेस १७ भदौ २०८० १५:०६
नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालन हुने तस्बिरः रासस

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधीन दुई पुल दसैँअघि सञ्चालन हुने भएका छन्।

यो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन्। तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई वटा पुल दसैँअघि सञ्चालन गर्नेगरी काम अघि बढेको छ।

नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार लामो बालुवा र डुम्रे पुल दसैँअघि सञ्चालनमा आउने गरी काम अघि बढाइएको छ। सेतीदोभान पुल असार महिनाबाट सञ्चालनमा आइसकेको छ।

कार्कीका अनुसार सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहको कालोपत्रे गर्न बाँकी छ। आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो। तर बर्खामा कालोपत्रे गर्दा गुणस्तर कायम हुन नसक्ने भएपछि असोजदेखि सञ्चालन गरिने कार्कीले जानकारी गराए।

निर्माणाधिन १२ मध्ये १० वटा पुल पुस महिनासम्म सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ।

–रासस

प्रकाशित: १७ भदौ २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =