सामाजिक रूपान्तरणमा रंगमन्चको मुख्य भूमिका छ : उपप्रमुख डंगोल

हिमाल प्रेस १६ भदौ २०८० १६:४४
6
SHARES
सामाजिक रूपान्तरणमा रंगमन्चको मुख्य भूमिका छ : उपप्रमुख डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले हामीले हेरेका र देखेका सामाजिक रूपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रंगमन्चको मुख्य भूमिका रहीआएको बताएकी छन्।

नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रूपमा रंगमन्च रहेको धारणा राखिन्।

उपप्रमुख डंगोलले भनिन्, ‘जुन सन्देश बोली, बचन, लेखेर दिन सकिन्न, त्यो सन्देश नाटकको माध्यम्बाट बुलन्दरूपमा सजिलै दिन सकिन्छ, नेपाली समाजमा परम्परादेखि नै रंगमन्चको बेग्लै विशिष्टता महत्व रहिआएको छ, रंगमन्चले समाजलाई ऐना देखाइरहेको मात्र नभइ समाजको ऐना पनि बनिरहेको हुन्छ, समाजलाई आज हामी कुन बाटोमा लैजाँदै छौँ, भोलि कुन दिशातर्फ लग्ने हो भन्ने मार्गदर्शन गर्न पनि रंगमन्चको विशिष्ट भूमिका हुन्छ।’

प्रकाशित: १६ भदौ २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =