भैरहवा पुगे ओली

हिमाल प्रेस १६ भदौ २०८० ११:११
12
SHARES
भैरहवा पुगे ओली

बुटवल- नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको लागि नेताहरू रुपन्देही पुगेका छन्।

अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल नेताहरू शनिबार बिहान भैरहवा पुगेका हुन्।

अधिवेशनको मध्यान्न साढे १२ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नेताहरूलाई प्रदेश इन्चार्ज तथा एमाले सचिव पदमा अर्यालले स्वागत गरिन्।

अधिवेशनको लागि प्रदेशका १२ वटै जिल्लाका १००४ जना प्रतिनिधिहरू बुटवल आइपुगेका छन्।

अधिवेशनले २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।

प्रकाशित: १६ भदौ २०८० ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =