दाङस्थित गणपति तेल मिलमा आगलागी, २ करोड रुपैयाँबढीको क्षति

हिमाल प्रेस १६ भदौ २०८० ८:२२
6
SHARES
दाङस्थित गणपति तेल मिलमा आगलागी, २ करोड रुपैयाँबढीको क्षति

दाङ- तुलसीपुर उपमहानगरपालिका-६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ। शनिबार बिहान २: ३० बजे तेल मिलमा आगलागी भएको सञ्चालक हिमाल बस्नेतले बताए।

तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको उनको भनाइ छ। आगलागी भएको खबर पाएलगत्तै स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले ट्यांकर तथा दमकलको सहयोगमा आगो नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

आगलागीबाट २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। आगलागीको कारण खुलेको छैन। उक्त तेल मिल तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिल हो। बस्नेत तुलसीपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन्। रासस

प्रकाशित: १६ भदौ २०८० ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =