राप्रपाको बेलायत प्रवास अध्यक्षमा रोशन सापकोटा चयन

हिमाल प्रेस १५ भदौ २०८० १८:३७
122
SHARES
राप्रपाको बेलायत प्रवास अध्यक्षमा रोशन सापकोटा चयन

काठमाडौँ- राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसको बेलायत अध्यक्षमा रोशन सापकोटा सर्वसम्मतिले चयन भएका छन्। कार्यसमितिको उपाध्यक्षमा सोनाम शेर्पा र शर्मिला लामा, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा गीता गिरी, संगठन विभागमा डा.डेबिड थापा र भूपाल कार्की, प्राविधिकतर्फ राकेश शाह रहेका छन्।

यसैगरी कार्यसमितिको सदस्यमा रामप्रवेश यादव, मिठूलाल विक, सुरेन्द्र बम, शैलेस श्रेष्ठ, दिपक खड्का, कुमार गुरुङ र सुरज श्रेष्ठ रहेका छन्। भेलाले एक.के.श्रेष्ठ, वरिष्ठ गायिका मिरा राणा, नन्दकुमारी गुरुङ र प्रेमबहादुर गुरुङलाई सल्लाहकार चयन गरेको छ।

राप्रपाले पछिल्लो समय आक्रामक ढंगबाट पार्टीको प्रवास संगठन विस्तार गर्ने नीति लिएको र केही देशमा अधिवेशन सम्पन्न भइसकेको, केही अधिवेशन हुने क्रममा रहेको प्रवास विभागले जनाएको छ। हालै मात्रै युएई र साउदी अरबमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा अधिवेशन सम्पन्न भएको विभागले जनाएको छ।

प्रकाशित: १५ भदौ २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =