६० किलो सुन प्रकरण : आजदेखि प्रतिवादीको थुनछेक बहस

हिमाल प्रेस १० असोज २०८० ६:३४ | Wednesday, September 27, 2023
६० किलो सुन प्रकरण : आजदेखि प्रतिवादीको थुनछेक बहस

काठमाडौँ- ६० किलो सुन प्रकरणका संलग्न प्रतिवादीको बयान सकिएसँगै आज (बुधबार)देखि थुनछेक बहस सुरु हुँदैछ।

मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले बताए।

चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ। टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन्।

तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित: १० असोज २०८० ६:३४ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast