स्थानीयद्वारा बहिष्कार, सोनापुर सिमेन्टको २ लाख कित्ता सेयर बिक्री भएन

हिमाल प्रेस ३ असोज २०८० १२:२६ | Wednesday, September 20, 2023
स्थानीयद्वारा बहिष्कार, सोनापुर सिमेन्टको २ लाख कित्ता सेयर बिक्री भएन

काठमाडौँ-  सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका लागि जारी गरेको पूरा सेयर बिक्री हुन सकेन।

सोनापुरले १५ लाख ३७ हजार ५२५ कित्ता सेयर प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीयका लागि छुट्याएको थियो। तर पटकपटक म्याद थप्दै विक्रीको समयावधि बढाए पनि झण्डै दुई लाख कित्ता सेयर भने बिक्री हुन सकेन।

साउन २९ देखि भदौ २६ सम्म सेयर विक्री खुला गरिएको थियो। उक्त अवधिमा १३ लाख ४५ हजार ६० कित्ता सेयर खरिदका लागिमात्रै आवेदन परेको थियो।

छुट्याएको पूरा कित्ता सेयरमा आवेदन नपरेपछि बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले सेयर खरिदका लागि माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाँड गरेको छ। बिक्री नभएको सेयर कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने जनाएको छ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० मा प्रिमियम १२५ थप गरि २२५ रुपैयाँका दरले सेयर निष्कासन गरेको थियो। उद्योग प्रभावित क्षेत्रका बासिन्दाले भने सेयर निष्कासन गरेदेखि विरोध जनाउँदै आएका थिए।

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सोना, सोनाश्रीलगायत ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीको प्रतिदिन २३०० टन सिमेन्ट र १२५० टन क्लिङकर उत्पादन गर्ने क्षमता छ। तर वातावरण प्रदूषण, स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेको, अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेको, विद्युत् महसुल नतिरेकोलगायत कारणले गर्दा उद्योग विवादित हुँदै आएको छ।

प्रकाशित: ३ असोज २०८० १२:२६ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast