स्कुल र वडासम्म क्रिकेट विस्तारमा जुट्यो काठमाडौँ महानगर

हिमाल प्रेस २९ भदौ २०८० १८:१० | Friday, September 15, 2023
स्कुल र वडासम्म क्रिकेट विस्तारमा जुट्यो काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बागमती क्रिकेट संघको सहकार्यमा काठमाडौँ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम (आईसीसी लेभल जिरो क्रिकेट कोच विकास कार्यक्रम) सुरु गर्ने भएको छ। यससम्बन्धी सम्झौतामा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्। संघको प्राविधिक सहयोगमा केही स्कुल तथा वडामा क्रिकेट नेट राखिनेछ।

कार्यक्रमअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई त्यसपछि सहरभरका इच्छुक खेलाडीलाई क्रिकेटको ज्ञान र सीप फैलाउन सहयोग गरिनेछ।  युवालाई अनुशासित बनाउने, टिम वर्कको भावना विकास गर्ने र नेतृत्व कौशल बढाउने लक्ष्य कार्यक्रमको छ।

साथै क्रिकेट प्रतिभाको संख्या बढाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिको पहिचान गरी क्षमता अभिवृद्धि गर्नेलगायतका लक्ष्य लिइएको काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले जानकारी दिएका छन्।

प्रकाशित: २९ भदौ २०८० १८:१० | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast