सामसङको दसैँ अफर, मोबाइल किन्दा स्कुटर जित्न सकिने

हिमाल प्रेस २ असोज २०८० १२:३७ | Tuesday, September 19, 2023
सामसङको दसैँ अफर, मोबाइल किन्दा स्कुटर जित्न सकिने

काठमाडौँ- सामसङ नेपालले ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ दसैँ अफर सुरु गरेको छ। यसअनुसार सामसङको मोबाइल वा ट्याब्लेट खरिद गर्दा हरेक दिन २ लाख ३३ हजार ९०० मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्ने अवसर छ। असोज ५ देखि कात्तिक ३ गतेसम्म २५ दिनको अफरमा २५ जनाले स्कुटर प्राप्त गर्नेछन्।

उपहार प्राप्त गर्ने प्रक्रियामा सामेल हुनको लागि स्मार्टफोन वा ट्याब्लेट खरिद गरेपछि त्यसको सिरियल नम्बर प्राप्त गर्न ‘स्ट्रिक ह्याच ०६ ह्याच’ डायल गर्नुपर्नेहुन्छ। त्यसपछि सामसङ लेखेर स्पेश दिइ उक्त सिरियल नम्बर ३१००१ मा एसएमएस गर्नुपर्ने कम्पनीले जनाएको छ।

सामसङको स्मार्टफोन अथवा ट्याब्लेट शून्य प्रतिशत ब्याजदरका साथ किन्न पनि सकिन्छ।

 

प्रकाशित: २ असोज २०८० १२:३७ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast