सर्वोत्कृष्ट फिल्म घोषणा नगरेको भन्दै ‘प्रकाश’ टिम अदालतमा

हिमाल प्रेस ५ असोज २०८० ९:४८ | Friday, September 22, 2023
सर्वोत्कृष्ट फिल्म घोषणा नगरेको भन्दै ‘प्रकाश’ टिम अदालतमा

काठमाडौँ- राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने निर्णयविरुद्ध बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरिएको छ।

गत भदौ १२ गते राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा सर्वोत्कृष्ट चलचित्रबाहेक अन्य विधामा मात्र पुरस्कृत गरिएको थियो।

सर्वोत्कृष्ट चलचित्र पुरस्कार वितरण नगर्नुको कारण माग गर्दै ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको जुम्लाका स्थानीय मीनराज आचार्यले रिट दायर गरेका हुन्।

उच्च अदालत पाटनका अनुसार रिटमा चलचित्र विकास बोर्डलाई विपक्षी बनाइएको छ भने जुरीको निर्णयको सक्कल प्रति झिकाउन तथा कारण देखाउन भन्दै परमादेशको माग पनि गरिएको छ। उच्च अदालतमा यसमा दुवै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको छ।

उक्त पुरस्कारका लागि जुरीले ‘प्रकाश’ फिल्मको नाम सिफारिस गरिएको तर सरकारको हस्तक्षेपमा उक्त विधामा कसैलाई पुरस्कार नै नदिइएको आरोप लागेको छ।

प्रकाशित: ५ असोज २०८० ९:४८ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast