सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु

हिमाल प्रेस २९ भदौ २०८० ११:२३ | Friday, September 15, 2023
सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु

काठमाडौँ- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ हुँदैछ।

संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो।

ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। १५ भदौमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो।

 

प्रकाशित: २९ भदौ २०८० ११:२३ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast