सरकार र शिक्षक महासंघबीच सहमति, राहत शिक्षकले आपत्ति जनाए

हिमाल प्रेस ५ असोज २०८० १८:३० | Friday, September 22, 2023
सरकार र शिक्षक महासंघबीच सहमति, राहत शिक्षकले आपत्ति जनाए

काठमाडौँ– सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहतको शिक्षकले असहमति जनाएका छन्। सरकारसँग वार्तामा बस्दा महासंघले राहत शिक्षकको विषय समावेश नगरेको भन्दै राहत शिक्षकहरूले आपत्ति जनाउँदै बैठक नै बहिष्कार गरेका हुन्।

नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले माग समाधानका लागि विषय नै प्रवेश नभएपछि बहिष्कार गरेको बताए। अरुले आन्दोलन फिर्ता गरे पनि राहत शिक्षकले भने आन्दोलन जारी राख्ने उनको भनाइ छ। उनले देशभरका राहत शिक्षक भोलि माइतीघर मण्डलामा जम्मा हुने उनको दाबी छ। राहत शिक्षकहरूले शिक्षक महासंघबाट राजीनामा दिने चेतावनी पनि दिएका छन्।

त्यस्तै राहत शिक्षक संघको केन्द्रीय समितिको आकस्मिक बैठक पनि बोलाइएको छ।

प्रकाशित: ५ असोज २०८० १८:३० | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast