सरकारलाई प्रश्न : रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, रोहित पौडेललाई खोई?

हिमाल प्रेस १८ भदौ २०८० १३:५३ | Monday, September 4, 2023
सरकारलाई प्रश्न : रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, रोहित पौडेललाई खोई? राप्रपा सांसद ज्ञानेन्द्र शाही। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न खेलमा क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरिएको रकम किन नदिएको भन्दै प्रश्न गरेका छन्।

आजको प्रतिनिधिसभा बैठकमा उनले खेलाडीलाई दिने भनेर वाचा गरिएको १७ लाख नदिएको दाबी गरे।

‘क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ? पैसा छिटो दिऔँ,’ उनले भने, ‘भोको पेटले राष्ट्रवादलाई कति धान्ने? प्रधानमन्त्रीले, खेलकुदमन्त्री र सचिवलायले छिटो उपलब्ध गराओस्।’

उनले भारत सरकारले क्रिकेट खेलाडीलाई नेपालले विभिन्न खेल खेलेपछि अहिलेसम्म १७ लाख दिने भनेर बाचा गरे पनि हालसम्म नपाएको गुनसो गरे। उनले भने,‘अहिलेसम्म खेलाडीको खातामा एक रुपैयाँ पनि आएको छैन। भोकभोकै खेलिरहेका छन्। आज भारतसँग नेपालले खेल्दै गर्दा हामी बधाई दिइरहेका छौं।’

उनले थपे,‘ भारतका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आन्दानी गर्दा नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन। तर पनि क्रिकेट खेलिरहेका छन्।’

प्रकाशित: १८ भदौ २०८० १३:५३ | Monday, September 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast