सचिव श्रेष्ठले पाए अवकाश

हिमाल प्रेस ११ असोज २०८० १६:२० | Thursday, September 28, 2023
सचिव श्रेष्ठले पाए अवकाश

काठमाडौँ- सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बिहीबारदेखि अवकाश पाएका छन्। उमेर हदका कारण सचिव श्रेष्ठले अनिवार्य अवकाश पाएका हुन्। श्रेष्ठ खानेपानी इन्जिनियरका रूपमा २०४७ सालमा निजामती सेवा प्रवेश गरेका थिए। उनले खानेपानी, सहरी विकास, सिँचाइ र सडक सम्बद्ध विभिन्न कार्यालयमा काम गरेका थिए। ०६२ मा उपसचिवमा बढुवा भएका श्रेष्ठ ०६६ सालमा सहसचिव बनेका थिए।

सहसचिव हुने बित्तिकै उनले सडक विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए। श्रेष्ठले सहसचिव छँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिक दरबन्दीमा समेत रहेर काम गरेका थिए। ०७६ मा सचिव भएपछि उनी सहरी विकास सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिँचाइ मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा काम गरेका थिए। अवकाश पाएका सचिव श्रेष्ठलाई मन्त्री सीता गुरुङले बिदाइ गरेकी थिइन्।

प्रकाशित: ११ असोज २०८० १६:२० | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast