विकास र सुशासनका लागि लागिरहन्छु : राष्ट्रपति पौडेल

हिमाल प्रेस ६ असोज २०८० १७:५८ | Saturday, September 23, 2023
विकास र सुशासनका लागि लागिरहन्छु : राष्ट्रपति पौडेल

दमौली- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताएका छन्। दलीय राजनीतिमा नलाग्ने भन्दै उनले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताए।

तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताए।

‘देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ। विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु,’ उनले भने। सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो शर्त रहेको उल्लेख गरे।

संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गरे। रासस

प्रकाशित: ६ असोज २०८० १७:५८ | Saturday, September 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast