राहत शिक्षकहरूले जलाए शिक्षा विधेयक [तस्बिरहरू]

दिपेश श्रेष्ठ २९ भदौ २०८० १६:१६ | Friday, September 15, 2023
राहत शिक्षकहरूले जलाए शिक्षा विधेयक [तस्बिरहरू] विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रति जलाउँदै शिक्षकहरू। फाइल तस्बिर

काठमाडौँ- देशभरका राहत शिक्षकहरूले शुक्रबार विरोधस्वरूप शिक्षा विधेयक जलाएका छन्। आफूहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले देशका विभिन्न ठाउँमा सो विधेयक जलाएका हुन्।

नेपाल राहत शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका अनुसार ७७ वटै जिल्ला समितिको नेतृत्वमा सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा विधेयक जलाइएको हो।

काठमाडौँ, ललितपुर र भक्तपुरका राहत शिक्षक शिक्षकहरूले माइतीघर मण्डलमा विधेयक जलाएका थिए। संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० ले आफूहरूको माग सम्बोधन नगरेको र समग्र शिक्षक कर्मचारीका लागि प्रतिगामी सावित भएको भन्दै राहत शिक्षकहरू विरोधमा उत्रिएका छन्।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २९ भदौ २०८० १६:१६ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast