राष्ट्रपतिबाट १० महिला चिकित्सक सम्मानित

हिमाल प्रेस २९ भदौ २०८० १३:१६ | Friday, September 15, 2023
राष्ट्रपतिबाट १० महिला चिकित्सक सम्मानित

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले १० जना महिला चिकित्सकलाई सम्मान गरेका छन्। नेपाल चिकित्सक संघको आयोजनामा भएको कार्यक्रममा पौडेलले स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने पाँच महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन’ बाट सम्मानित गरेका हुन्। यस्तै पाँचजना चिकित्सक लाइफ टाइम अचिभमेन्टबाट सम्मानित भएका छन्।

‘वुमन इन मेडिसिन’ बाट सम्मानित हुनेमा डा. अर्चना अमात्य , डा. गीता शाक्य , डा. मिता सिंह , डा. कोकिला वैद्य र डा. प्रमिला प्रधान छन्। लाइफ टाइम अचिभमेन्ट पाउनेमा डा. दिव्यश्वरी श्रेष्ठ, डा.लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तूरी मल्ल र डा. गीता कार्की छन्।

समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत पनि उपस्थित थिए।

प्रकाशित: २९ भदौ २०८० १३:१६ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast