राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्ने

हिमाल प्रेस २७ भदौ २०८० ७:४४ | Wednesday, September 13, 2023
राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।

गौ हत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो।

राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भृकुटीमण्डपमा सो प्रदर्शन गरिने छ । सो विरोध प्रदर्शन १२ बजेबाट सुरु हुनेछ।

राप्रपाले गौ हत्या बढेपछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ। सोही क्रममा आज काठमाडौँमा प्रदर्शन गर्न लागेको हो।

प्रकाशित: २७ भदौ २०८० ७:४४ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast