यस्तो छ ‘दिमाग खराब’ को गीत ‘बिरामी मुलुक’

हिमाल प्रेस ४ असोज २०८० ११:५३ | Thursday, September 21, 2023
यस्तो छ ‘दिमाग खराब’ को गीत ‘बिरामी मुलुक’

काठमाडौँ- निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को ‘बिरामी मुलुक’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा जयन जे वाइवाको स्वर, शब्द र संगीत छ।

फिल्म कात्तिक २४ गते प्रदर्शन गरिनेछ। फिल्ममा कलाकार दयाहाङ राई, खगेन्द्र संग्रौला, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत छन्।

जनता र शक्तिको कथामा बनेको फिल्मको पटकथा लेखन आकाश बरालले गरेका हुन्। निमेष श्रेष्ठको सम्पादन, सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा जयन जे वाइवा र बाबुल गिरीको संगीत छ। ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आट्र्सको ब्यानरमा बनेको फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्।

प्रकाशित: ४ असोज २०८० ११:५३ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast