मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

हिमाल प्रेस २५ भदौ २०८० १३:४६ | Monday, September 11, 2023
मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ। यसअनुसार बैंकले सस्टेनेबल इनर्जी च्यालेन्ज फन्डअन्तर्गत कर्जा लगानी गर्नेछ।

वैकल्पिक ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने यो सहकार्यले नवीकरणीय उर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

बैंकले वातावरण प्रदूषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ। यो सहकार्यले वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको बैंकले जनाएको छ।

 

प्रकाशित: २५ भदौ २०८० १३:४६ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast