मुकुन्द रिजालको निधनपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्पलाई

हिमाल प्रेस २६ भदौ २०८० १३:२७ | Tuesday, September 12, 2023
मुकुन्द रिजालको निधनपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्पलाई

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ। सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महानगरपालिकाले जनाएको छ।

सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको थियो। वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो।

प्रकाशित: २६ भदौ २०८० १३:२७ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast