महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

हिमाल प्रेस २४ भदौ २०८० १७:०३ | Sunday, September 10, 2023
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

काठमाडौँ- महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमामा अध्ययनरत सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ। मण्डल कक्षा ९ मा अध्ययनरत छन्।

महालक्ष्मीमा मर्ज भएको मनकामना विकास बैंकका संस्थापक अध्यक्ष लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा यो छात्रवृत्ति स्थापना गरिएको हो। यो वर्षका लागि उक्त छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयकी प्रधानाध्यापक गीता काफ्लेलाई हस्तान्तरण गरे। अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई बैंकले हरेक वर्ष ५० हजार रुपैयाँको उक्त छात्रवृत्ति दिँदै आएको छ।

प्रकाशित: २४ भदौ २०८० १७:०३ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast