भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस ७ असोज २०८० १५:५४ | Sunday, September 24, 2023
भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन बनाउनुपर्छ : सञ्चारमन्त्री शर्मा रेखा शर्मा। फाइल तस्बिर।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न सांसदहरूलाई आग्रह गरेकी छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अख्तियार ‘दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’सम्बन्धी छलफलमा उनले यस्तो बताएकी हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचार उन्मूलन गरिदिन्छ भन्ने सरकारले नसोचेको समेत उनले बताइन्। अख्तियारले भ्रष्टाचारका काण्डहरू खोजिदिने, कारबाहीका लागि सरकारलाई सिफारिस गरिदिने उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्ने काम सरकारकै भएको स्पष्ट पारिन्। राम्रो कानुन निर्माण गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने काममा राज्य व्यवस्था तथा सुशासन समितिले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास उनले व्यक्त गरिन्।

प्रकाशित: ७ असोज २०८० १५:५४ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast