बमको नेतृत्वमा सुदूरपश्चिम पत्रकार समाज गठन

हिमाल प्रेस ३० भदौ २०८० १८:४९ | Saturday, September 16, 2023
बमको नेतृत्वमा सुदूरपश्चिम पत्रकार समाज गठन

काठमाडौँ- काठमाडौँमा कार्यरत सुदूरपश्चिमका पत्रकारको साझा संस्था ‘सुदूरपश्चिम पत्रकार समाज’ गठन गरिएको छ। नयाँ पत्रिकामा आबद्ध पत्रकार यम बमको संयोजकत्वमा सुदूरपश्चिम पत्रकार समाज काठमाडौँ गठन गरिएको हो।

शनिबार प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा बसेको भेलाले पत्रकार बमको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षका लक्ष्मी बलायर, सचिवमा भूपेन्द्र शाह, कोषाध्यक्षमा सरिता थारू र सदस्यमा रमेश टमट्टा चयन भएका छन्।

त्यस्तै सदस्यमा सन्तोष रोकाया, प्रशान्त ओझा, लोकेन्द्र भट्ट, कृष्णसिंह लोथ्याल, कपिल भट्ट र हरि भट्ट छन्। समितिले आगामी ६ महिनाभित्र संस्थाको साधारणसभा गर्नेछ। यसअघि समाज गठनका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक तयारी गरिएको थियो।

प्रकाशित: ३० भदौ २०८० १८:४९ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast