फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि संरचना नबनाउन खबरदारी

हिमाल प्रेस ५ असोज २०८० २०:२१ | Friday, September 22, 2023
फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि संरचना नबनाउन खबरदारी

पोखरा- फेवाताल किनार बसुन्धरा पार्कमा कुनै पनि बहानामा संरचना बनाउन नदिन सरोकारवालाले खबरदारी गरेका छन्। पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई बसुन्धरा पार्कको १० रोपनी ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएसँगै सरोकारवालाले खबरदारी गरेका हुन्।

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई यससम्बन्धमा सचेत गराउँदै ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा सार्वजनिक सम्पत्ति संरक्षणको दायित्व लिएकै सरकारी निकायबाट सिमसार क्षेत्रमा फेवातालको मापदण्डभित्रै संरचना बनाउन अनुमति दिइएकोमा विरोध जनाइएको छ। ज्ञापनपत्रमा भनिएको छ, ‘पोखरा महानगरपालिका र कोइकाबीच समझदारी हुनु र कुनै ठुलो योजना बन्नु खुसीको कुरा हो तर, योजना बन्ने नाममा सम्पदामाथिको अतिक्रमण र गैरकानुनी काम सह्य हुन सक्दैन।’

राज्यले विशेष प्रयोजनका लागि अधिग्रहण गरेको जग्गा अर्कै प्रयोजनमा नगरवासीको चाहना र कानुनविपरीत लगाउन नहुने सम्पदाका अध्यक्ष सुनिल पाण्डे बताउँछन्। उनका अनुसार, यो जग्गा पोखरा टाउन प्लान २०३१ ले तालको संरक्षित क्षेत्रभित्र राखेको जग्गा हो। ०३८ सालमा फेवाताल संरक्षण र पर्यटन प्रवर्द्धनका लागि ग्रिन बेल्ट पार्क बनाउन व्यक्तिहरूको जग्गा अधिग्रहण गरिएको थियो।

अधिवक्ता भगवती पहारीले जग्गा संरक्षणका लागि यथाशीघ्र महानगरको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै निर्णय नसच्चाए कानुनी कारबाहीमा जाने चेतावनी दिइन्।

प्रकाशित: ५ असोज २०८० २०:२१ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast