प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस १ असोज २०८० १९:५३ | Monday, September 18, 2023
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। राउतलाई भदौ २९ गते बसेको मन्त्रीपरिषद्‍को बैठकले उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो।

पदोन्नतिसँगै उनी संभाररथीमा नियुक्त भएका छन्। सोही अवसरमा प्रधानसेनापति शर्माले मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा महासेनानी विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरिबहादुर विश्वकर्मालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

प्रकाशित: १ असोज २०८० १९:५३ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast