प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाने

हिमाल प्रेस १२ असोज २०८० ६:३५ | Friday, September 29, 2023
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाने

मानसरोवर- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट शुक्रबार बिहान छेन्दु जान लागेका हुन्।

स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम छ । दाहाल स्थानीय समयअनुसार अपराह्न २:३० बजे छेन्दु पुग्नेछन्।​ त्यहाँ उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ।

त्यसपछि उनले चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्नेछन्। साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन्।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्रीले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। ल्हासामा रहँदा उनले विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण पनि गरेका थिए।

प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन्। उनी शनिबार छेन्दुबाटै काठमाडौँ फर्किनेछन्।

प्रकाशित: १२ असोज २०८० ६:३५ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast