चिनियाँ सेनाद्वारा सोमबार ग्रेट हल अफ दि पिपलमा प्रदान गरिएको ‘गार्ड अफ अनर’ ग्रहणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस
बेइजिङ- छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले सोमबार ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
त्यसअघि प्रधानमन्त्री दाहाललाई उनका चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए।





प्रकाशित: ८ असोज २०८० १०:०४ | Monday, September 25, 2023
प्रतिक्रिया





