नेशनल लाइफ इन्स्योरेन्सको ‘स्मार्ट मोबाइल एप’ सञ्चालन

हिमाल प्रेस ९ असोज २०८० १८:३२ | Tuesday, September 26, 2023
नेशनल लाइफ इन्स्योरेन्सको ‘स्मार्ट मोबाइल एप’ सञ्चालन

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ। कम्पनीका अभिकर्ता, ग्राहक तथा सर्वसाधारणलाई दिने सेवा सहज बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले स्मार्ट मोबाइल एपको शुभारम्भ गरिन्। एपबाट अभिकर्ता तथा बीमितहरूले घरबाटै आफ्नो बीमालेख सम्बन्धि जानकारी लिन सक्ने अध्यक्ष सिंहले बताइन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धताअनुसार स्मार्ट मोबाइल एप सञ्चालनमा ल्याइएको बताए।

एपमार्फत अभिकर्ता तथा ग्राहकलाई डिजिटलाइजेसन तर्फ डोर्‍याउने र छिटोछरितो काम सम्पन्न गर्न सजिलो हुने उनको भनाइ थियो। कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले एपबाट अभिकर्ताले आफ्नोलगायत सञ्जालको व्यवसाय तथा बीमालेखसम्बन्धी आवश्यक जानकारी लिन सक्ने बताए।

प्रकाशित: ९ असोज २०८० १८:३२ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast