काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधनप्रति दु:ख व्यक्त गरेका छन्। मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले दु:ख व्यक्त गर्दै नेम्बाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन्।
नेम्बाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनी नेम्बाङको शव भएको महारागन्ज अस्पतालमा समेत पुगेका छन्।
एमाले नेतासमेत रहेका नेम्बाङको ७१ वर्षको उमेरमा गएराति निधन भएको थियो।
प्रकाशित: २६ भदौ २०८० ७:०१ | Tuesday, September 12, 2023
प्रतिक्रिया





