‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ प्रतियोगिता सुरु

हिमाल प्रेस २५ भदौ २०८० १७:५४ | Monday, September 11, 2023
‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ प्रतियोगिता सुरु

काठमाडौँ- नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ प्रतियोगिता सुरु गरेको छ।

टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त प्रतियोगितामा सहभागी हुन सकिने टेलिकमले जानकारी दिएको छ। तीजको लहर गीतमा टिकटक बनाउनुपर्ने मापदण्ड तोकिएको छ। च्यालेन्ज आइतबारदेखि सुरु भइसकेको छ। असोज ७ गतेसम्म च्यालेन्जमा सहभागी हुन सकिनेछ।

विजेताहरूलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको कम्पनीको भनाइ छ। च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन्।

त्यसैगरी सान्त्वना पुरस्कारको रूपमा १० जना सहभागीलाई ५ सय रुपैयाँको टपअप दिइने टेलिकमको भनाइ छ।

प्रकाशित: २५ भदौ २०८० १७:५४ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast