नयाँ खोरमा पुष्पा र अञ्जली

हिमाल प्रेस १० असोज २०८० १५:२० | Wednesday, September 27, 2023
नयाँ खोरमा पुष्पा र अञ्जली विश्व पर्यटन दिवसको अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका पुष्पा र अञ्जली एकसिङे गैँडा सप्तरीको पथरी सेक्टरमा निर्माण गरिएको खोरमा। तस्बिर : रासस

काठमाडौँ- विश्व पर्यटन दिवसका अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जली एकसिङे गैँडा सप्तरीको पथरी सेक्टरमा निर्माण गरिएको खोरमा प्रवेश गराइएको छ।

दुई गैँडालाई मंगलबार कोशी पठाइएको थियो। कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो।

विभागका तत्कालीन उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो। गैँडालाई खुला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिनेछ।

कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोस्टनजिक गैँडा राखिएको हो। प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरिनेछ।

प्रकाशित: १० असोज २०८० १५:२० | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast