ज्योतिष वास्तु सम्मेलन दाङमा हुने

हिमाल प्रेस १२ असोज २०८० २०:४८ | Friday, September 29, 2023
ज्योतिष वास्तु सम्मेलन दाङमा हुने

घोराही- १८औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन२०८० दाङमा हुने भएको छ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको आयोजना एवम् लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला समितिको संयोजनमा घोराही उपमहानगरपालिका–१५, गोरखा टोलमा हुने भएको हो।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले सम्मेलनसम्बन्धी विभिन्न निर्णयहरू गरेको छ।

बैठकले कात्तिक १६ गते नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यसमितिको २५ औं वार्षिक साधारणसभा बिहान ८ बजे सुरु गर्ने र राष्ट्रिय सम्मेलन सोही दिनको १ बजे उद्घाटन गरी दुई दिनसम्म सञ्चालन गर्ने निर्णय गरेको नेपाल ज्योतिष पारिषद्का केन्द्रीय महासचिव कमलप्रसाद काफ्लेले जानकारी दिएका छन्।

उक्त सम्मेलनमा नेपाल र भारत गरी झण्डै सात सय ज्योतिषी पण्डितहरू उपस्थित रहने आयोजकले जनाएको छ।

प्रकाशित: १२ असोज २०८० २०:४८ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast