चिनियाँ समकक्षी ली छ्याङसँग वार्ता गर्दै प्रधानमन्त्री

हिमाल प्रेस ८ असोज २०८० ७:१५ | Monday, September 25, 2023
चिनियाँ समकक्षी ली छ्याङसँग वार्ता गर्दै प्रधानमन्त्री

काठमाडौँ- चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज (सोमबार) बेइजिङमा द्विपक्षीय वार्ता हुँदैछ।

वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापारलगायत विषयमा छलफल गर्ने तयारी छ।

हाङचउ सहरमा शनिबार चिनियाँ राष्ट्रपति सीसँगको बैठकपछि प्रधानमन्त्री दाहाल आइतबार बेइजिङ पुगेका थिए ।

चिनियाँ प्रधानमन्त्री लीले वार्तापछि नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोज आयोजना गर्दै छन।

राजधानी बेइजिङमा हुने भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् ।

प्रकाशित: ८ असोज २०८० ७:१५ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast