काठमाडौँ- ग्लोबल आइएमई बैंकले ‘क्यास तथा चेक डिपोजिटर’ मेसिन सञ्चालनमा ल्याएको छ। मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकुल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिने बैंकले बताएको छ।
बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो। बैंकले काठमाडौँ उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यकाबाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ।
त्यस्तै काठमाडौँ उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाडौँ उपत्यकाबाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको बैंकले बताएको छ।
बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मेसिनको उद्घाटन गरे।

                                             
                                             
                                             
                                             
                                             
                                             

