गुडिरहेको स्कुटरमा रुख ढलेपछि…

हिमाल प्रेस १३ असोज २०८० २०:२७ | Saturday, September 30, 2023
गुडिरहेको स्कुटरमा रुख ढलेपछि…

इटहरी- सुनसरीको बराहक्षेत्रमा हावाहुरीको कारण रुख ढलेर स्कुटरमा परेपछि एक जनाको मृत्यु भएको छ। शनिबार बिहान हावाहुरीसँगै परेको वर्षाका कारण नडाहा–चतरा सडक खण्डमा रुख ढलेर स्कुटरमा परेर ६१ वर्षीय मुनरलाल (साइराम) चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार रामधुनी-६ बस्ने चौधरी स्कुटर पछाडि सवार थिए। आफ्नै नातिले चलाएको को २९ प ५५०२ नम्बरको स्कुटरमा झुम्काबाट चतरा हुँदै उदयपुर जाने क्रममा बराहक्षेत्र ३ स्थित सडकमा कुँदिरहेका बेला हावाहुरीसँग ढलेको रुखले किचेको थियो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: १३ असोज २०८० २०:२७ | Saturday, September 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast