खुलारूपमा दुग्धजन्य परिकार बिक्री नगर्न काठमाडौँ महानगरको निर्देशन

हिमाल प्रेस २९ भदौ २०८० ७:४९ | Friday, September 15, 2023
खुलारूपमा दुग्धजन्य परिकार बिक्री नगर्न काठमाडौँ महानगरको निर्देशन काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।

विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत (नवौँ तह) डा अवधेश झाले सूचना जारी गरी खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएका हुन्।

‘खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

प्रकाशित: २९ भदौ २०८० ७:४९ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast