क्रिकेटका तीनै फर्म्याटमा भारत पहिलो टिम

हिमाल प्रेस ६ असोज २०८० ८:३२ | Saturday, September 23, 2023
क्रिकेटका तीनै फर्म्याटमा भारत पहिलो टिम

काठमाडौँ- तीनै फर्म्याटका क्रिकेट र्‍याकिङमा भारत एक नम्बर टिम बनेको छ। अस्ट्रेलियासँगको तीन एक दिवसीय खेलको श्रृंखलामा शुक्रबार पहिलो एक दिवसीय जितेसँगै भारत एक दिवसीयमा पनि पहिलो नम्बरमा पुगेको हो।

यसअघि भारत टी-२० र टेस्ट र्‍यांकिङमा पहिलो नम्बरमा रहेको थियो। शुक्रबार पञ्जावस्थित मोहाली क्रिकेट स्टेडियममा भएको खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले हराएको हो।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतलाई जितका लागि २७७ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको भारतले २८१ रन बनाएर ८ बल बाँकी छँदै जितेको हो। भारतसँग ३ एक दिवसीयको श्रृंखला खेल्न अस्ट्रेलिया भारत आएको छ।

आगामी अक्टुबर ५ तारिखदेखि भारतमा हुने एक दिवसीय विश्वकपको तयारीका रूपमा दुवै टिमले भारमा श्रृंखला खेलिरहेका छन्। भारतीय टिममा कप्तान रोहित शर्मा र टप अर्डर ब्याटर विराट कोहलीलाई आराम दिएर केएल राहुलको कप्तानीमा भारतले अस्ट्रेलियासँग श्रृंखला खेलिरहेको छ।

यसअघि अगस्ट ३० तारिखमा एसिया कप सुरु हुँदा भारत एक दिवसीय क्रिकेटमा तेस्रो नम्बरमा रहेको थियो। त्यतिबेला पाकिस्तान एक दिवसीयमा पहिलो नम्बरमा र अस्ट्रेलिया दाेस्रो नम्बरमा रहेको थियो। ६ टिम सम्मिलित एसिया कप २०२३ भारतले जितेको थियो।

प्रकाशित: ६ असोज २०८० ८:३२ | Saturday, September 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast