कोशीमा मन्त्रिपरिषद्‍ विस्तार

हिमाल प्रेस ८ असोज २०८० १७:२० | Monday, September 25, 2023
कोशीमा मन्त्रिपरिषद्‍ विस्तार

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद्‍ विस्तार गरेका छन्। सोमबार दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन्।

लीलाबल्लभ अधिकारी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रीको नियुक्त भएका छन् भने बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री नियुक्त भएका छन्।

त्यस्तै, रामप्रसाद मेहता उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भए भने निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका छन्। यससँगै कोशी प्रदेश सरकार ९ सदस्यीय मन्त्रिमण्डलको बनेको छ।

प्रकाशित: ८ असोज २०८० १७:२० | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast